एस्तो पो मन्त्रि, लालबाबुको कमाल, सहसचिव भरत सुवेदीको जागिर चट !

 लालबाबुको कमाल, सहसचिव भरत सुवेदीको जागिर चट !

काठमाडौं, १३ असोज । विवादास्पद सहसचिव भरत सुवेदीले बिहिबारबाट अनिवार्य अवकास पाउने भएका छन् । दोहोरो नागरिकता काण्डमा फसेपछि सामान्य प्रशासन मन्त्रालयले उनलाई अनिवार्य अवकास दिने निर्णय गरेको थियो । मन्त्रालयको सो निर्णय विरुद्ध अन्तरिम आदेश माग गर्दै सुवेदी सर्वाेच्च अदालत गएका थिए । सुवेदीले माग गरे जस्तो अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला सर्वाेच्चले गरेपछि उनको जागिर चट भएको हो । सामान्य प्रशासन मन्त्रालयले सुवेदीलाई बिहिबार नै अवकास पत्र थमाउने तयारी गरेको मन्त्री लालबाबु पण्डितका स्वकिय सचिव ओसिम आलमले बताए । प्रधान न्यायधिश कल्याण श्रेष्ठ र न्यायधिश जगदिश शर्मा पौडेलको इजलासले सुवेदीले दावी गरे अनुसार अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला गरेको हो । दुई वटा नागरिकता बनाएर जागिर थमौती गर्ने अभियानमा लागेका सुवेदी अर्थमन्त्री डा. रामशरण महतका राईट ह्याण्ड मानिन्छन् । पटक पटक विवादमा आईरहने सुवेदीलाई मन्त्री महतको दबावमा कारवाही गरिनुको साटो उल्टै कमाउ अड्डामा सरुवा गरिँदै आएको थियो । यस पटक भने सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अडान कसेपछि सुवेदीको जागिर चट भएको
हो ।

Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment