निजी सवारीलाई जोर-बिजोर प्रणाली अन्त्य

 निजी सवारीलाई जोर-बिजोर प्रणाली अन्त्य
काठमाडौं– निजी सवारी साधनलाई इन्धन अापूर्ति बन्द गरिएसँगै रातो नम्बर प्लेटका लागि जोर–बिजोर प्रणाली अन्त्य भएको छ। गृह मन्त्रालयले निजी सवारी
साधनलाई अब जोरबिजोर प्रणाली हटाइएको बिहीबार  उल्लेख गरेको हो।
गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले अाफूसँग इन्धन भए जोरविजोर दुवै नम्बर प्लेट भएका निजी सवारी साधन गुडाउन पाइने नागरिकन्युजलाई बताए। गत अाइतबारदेिख मन्त्रालयले जोर गते जोर नम्बरका सवारी र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधन मात्र चलाउने व्यवस्था लागू गरेको थियो। जोर विजोर अन्त्य गरिए पनि सार्वजनिक यातायातका साधनमा भने यो प्रणाली कायमै रहेने गृह प्रवक्ता ढकालले बताए।

कारवाही हुँदैन, ट्राफिकले पक्रिए सम्झाउनुहोस्

इन्धन हुनेले जोर–बिजोर ख्याल नगरी सवारी साधन चलाउँदा ट्राफिक प्रहरीले कुनै कारबाही नगर्ने ढकालको भनाइ थियो। 'ट्राफिकले समाते उसलाई सम्झाउनुहोस् हाम्रोतर्फबाट पनि सर्कुलर हुँदैछ', उनले भने। सरकारले तेल अापूर्ति बन्द गरेपछि निजी सवारी साधनलाई गुड्ने छुट दिएको हो।

मन्त्रालयले बिहीबारदेखि निजी सवारी साधन (रातो प्लेटका साधन)लाई पेट्रोलियम पदार्थ उपलब्ध नगराउने निर्णय गरेकाे थियाे।

गृह मन्त्रालय, भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालय, तीनवटै सुरक्षा निकाय र विद्युत् प्राधिकरण सहितको  बैठकले सबै निजी सवारी साधन, ढुवानीका साधन तथा विद्यालय र महाविद्यालयका बसलाई इन्धन उपलब्ध गराउन नसकिने निर्णय गरेको थियाे।

उक्त निर्णयमाथि शुक्रबारसम्ममा पुनर्विचार हुने प्रवक्ता ढकालले बताए। उनका अनुसार सार्वजनिक यातायातका सवारी साधनलाई पनि जोर–बिजोर प्रणालीका आधारमा पेट्रोलियम पदार्थ उपलब्ध गराइएकाे छ। इन्धन अभावले गर्दा देशभरका विद्यालय र विश्वविद्यालयका पठनपाठन प्रभावित भएकाे छ।

भारतले इन्धन अापूर्ति रोकेपछि त्यसको प्रत्यक्ष असर निजी तथा सार्वजनिक यातायातमा परेको छ।




Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment