![]() |
प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रियताको सवालमा सरकारले कुनै हालतमा खुट्टा नकमाउने र कसै सामु नझुक्ने प्रतिवद्धता जनाएका छन् ।

प्रधानमन्त्री कोइरालाले नाकाबन्दीले पारेको प्रभाब र समस्या समाधानका लागि सरकरले पहल गरिरहेकोले धैर्य गर्न सबै नेपालीलाई आग्रह गरे । उनले राष्ट्रियताका सवालमा सबै नेपालीलाई एकजुट हुन पनि अपिल गरे । प्रधानमन्त्री कोइरालाले विभिन्न देशका झन्डा जलाउने काम भएको भन्दै कुटनीतिक मर्यादा विपरितका कार्य नगर्न विद्यार्थी संगठनलाई आग्रह गरे ।
आक्रोस भन्दा पनि संयमता अपनाएर संकटपुर्ण अवस्थाको सामना गर्नुपर्ने भएकोले त्यसतर्फ सचेत रहन प्रधानमन्त्री कोइरालाले विद्यार्थी संघ संगठनहरुलाई आग्रह गरेको नेबिसंघ प्रवक्ता युपी लामिछानेले जानकारी दिए । भारतले अघोषित नाकाबन्दी गरेपछि त्यसका विरुद्ध विभिन्न नौ विद्यार्थी संघ संगठनले संयुक्त आन्दोलन गर्दै आईरहेका छन ।
![]() |
0 comments:
Post a Comment