बाख्रा र बङ्गुरपालन गरेर आत्मनिर्भर

पर्वतको दक्षिणी भेगका पाँच गाविसका महिला बाख्रा र बङ्गुरपालन गरेर आत्मनिर्भर बन्न थालेका छन् ।
पर्वतको शालिग्राम, रानीपानी, बर्राचौर, बाच्छा र पाङ्गराङ्ग गाविसका सबै घरधुरीका महिलाले बाख्रा र बङ्गुरपालन सुरु गरेका हुन् । आर्थिक रुपमा आत्मनिर्भर बनाउने अभियानअन्तर्गत यी गाविसका महिलाले बाख्रा र बङ्गुरपालन सुरु गरेका हुन् ।




यहाँका हरेक घरधुरीका महिला आबद्ध भएका समूहले बाख्रा र बङ्गुरपालन गरेका छन् । महिला समूहका सदस्यका प्रत्येक घरमा दुई÷दुईवटा माउ बाख्रा र बङ्गुर रहेका छन् । “आत्मनिर्भर बन्नका लागि आफैँ व्यावसायिक बन्न थालेका हौँ” रानीपानी–६ को दलित उत्थान महिला समूहकी अध्यक्ष चन्द्रकला परियारले भनिन् ।
पाङ्गराङ्गमा रहेको शिवालय महिला समूहका महिला पनि बाख्रा र बङ्गुरपालनमा सक्रिय रहेको विष्णु नेपाली बताउँछिन् । उनीहरुले बाख्रापालनसँगै तरकारी खेती पनि थालेका छन् ।
दुर्गम र पिछडिएका यी गाउँमा डेढ वर्षपहिले देखि सञ्चालित दिगो जीविकोपार्जनका लागि बङ्गुर तथा बाख्रापालन कार्यक्रमले गाउँमा दिदी र बहिनी समूह बनाएको छ । अहिलेसम्म गठन भएका ८१ समूहमध्ये २७ दिदी समूह र ५४ बहिनी समूह रहेका छन् ।
अहिलेसम्म सबै समूहका सदस्यलाई एक हजार २२४ बाख्रा र ४४७ बङ्गुर बितरण गरिएको छ । समूहका लागि ४८ उन्नत जातका बोका तथा विर्य वितरण गरिएको इन्प्रेड नेपालका कार्यक्रम संयोजक ऋषिराम पौडेलले जानकारी दिए ।
प्लान इन्टरनेसनलकी निमित्त क्षेत्रिय निर्देशक रितु आचार्य महिलामा छोटो समयमा नै ठूलो परिर्वतन आएको बताउँछिन् । “आधारशिला तालिम र नियमित बैठकपछि महिलामा चेतना तथा सहकार्यमा ठूलो परिर्वतन आएको छ”, उनले भनिन्, “आयआर्जन र चेतनामा आएको परिर्वतनले उनीहरुलाई आत्मनिर्भर र स्वाभिमानी बनाएको छ ।”
पर्वतको दक्षिण क्षेत्रमा चरन र बजारको समेत सम्भावना भएकाले बाख्रापालन तथा बङ्गुरपालनका लागि उपयुक्त मानिन्छन् । यी गाविसलाई बाख्राको स्रोत केन्द्रका रुपमा विकास गर्न सकिने वरिष्ठ पशु विकास अधिकृत अमृतकुमार मास्केले बताए । रासस
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment