प्रचण्डले भने-स्वाभिमानमा प्रहार भए प्रतिवाद गर्न तयार छौं

५ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले भारतले नाकाबन्दी गरेपनि आत्तिनु नपर्ने बताएका छन् । साथै उनले भारतीय कदमबारे आजै तीन दलको बैठक बसेर धारणा सार्वजनिक गर्ने बताएका छन् ।
एमाओवादी नेता गोपाल किरातीको पुस्तक ‘प्रचण्डपथको विजय’ सार्वजनिक गर्दै प्रचण्डले भारतको नाम नलिई भने-‘नेपाली जनताका प्रतिनिधिले संविधान बनाउँदा कसैले नाकाबन्दी गर्छ भने हामी आत्तिनु पर्दैन ।’
नाकाबन्दी भएपछि सबै नेपाल एकजुट भएर सामाना गर्ने तर, स्वाभिमान नझुक्ने बताए । भारतसँग द्वन्द्व, असमझदारी र झगडा गर्ने पक्षमा आफूहरु रहेको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले भने-‘हाम्रो स्वाभिमान र आत्मसम्मानमा प्रहार हुन्छ भने त्यसको प्रतिवाद गर्न हामी तयार छौं ।’
लगतै एमालेको चियापान कार्यक्रममा सहभागी हुन रंगशाला पुगेका एमाओवादी अध्यक्ष प्रचण्डलाई सञ्चारकर्मीहरुले भारतको भूमिकाबारे प्रश्न गरेका थिए ।
नाकाबन्दीबारे आफूलाई भन्दा सरकारलाई धेरै थाहा होला भन्दै उनले आजै तीन दलको बैठक बसेर धारणा सार्वजनिक गर्ने बताए । साथै उनले तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग प्रधानमन्त्रीको र विजय गच्छदारसँग तीन दलको वार्ता भएको र त्यो सकारात्मक रहेको जानकारी दिएका छन् ।

Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment