भारतले तेस्रो मुलुकका कन्टेनर पनि रोक्यो

भारतले तेस्रो मुलुकका कन्टेनर पनि रोक्यो
भैरहवा : भारतले संयुक्त राष्ट्रसंघको भियना सन्धी उलंघन गदै तेस्रो मुलुकबाट आएका शिलबन्दी मालका कन्टेनरहरु समेत सीमानाकामा रोकिदिएको छ ।
सिंगापुर, चीन, थाईल्याण्डलगायतका मुलुकदेखि कलकत्ता वन्दगाहबाट चेकजाँच भइआएका (सिटीएस) कन्टेनरसमेत सिमानाकामा भारतको ठाडो रोक्नु मानवअधिकार विरोधी कार्य भएको यसक्षेत्रमा सम्वद्ध अधिकारी एवम् प्रतिनिधिहरुले गुनासो गरेका छन् ।
सीमानाका सुनौलीमा ५० बढी कन्टेनरहरु अलपत्र परेका छन् । उक्त कन्टेनरहरुमा सिसा, औद्योगिक कच्चा पदार्थहरु, दाल, एसिड, साल्ट, पलास्टिकको दाना, फर्निचर, साबुन बनाउने कच्चा पदार्थ, तोरी, केलाईट, फर्निस आयललगायतका सामान छन् ।
भारतीय अधिकारीहरुले पाँच दिनदेखि एउटा कन्टेनर पनि नेपाल छिर्न दिएको छैन ।
ठूला कन्टेनरहरुले सुनौलीतर्फको सडक डाकेको छ । कन्टेनरसँगै ७६ बुलेट ग्यासका ठूला ट्यांक, ७५ वटा पेट्रोलियम पदार्थका ट्यांकर लगायत औद्याोगिक कच्चा तथा खाद्यान्नका दुई हजार मालबाहक गाडीसमेत रोकिएका छन् ।
उक्त गाडी एवम् ट्यांकर तथा कन्टेनरहरुको लाइन नौतुनादेखि अगाडी लक्ष्मी नगरसम्म रहेको छ ।
  केही साधनहरु त १० दिनदेखि सिमामा रोकिएको व्यापारी एवम् चालकहरुले गुनासो सुनाएका छन् । सीमामा धेरै दिन रोकिँदा सामानहरु समेत बिग्रनुका साथै ढुवानीकर्तालाई बढी भाडा दिनुपर्ने र समयमै कन्टेनर नर्फकँदा दैनिक जरिवाना तिर्नुपर्ने बाध्यता व्यापारीले खेप्नुपरेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले बताए ।
तेस्रो मुलुकबाट आएका कन्टेनरहरु २१दिनभित्रै फर्कीसक्नुपर्ने नियम रहेको छ । समयमा फर्केर बलकता वन्दरगाह नपुग्दा व्यपारीहरुले दैनिक जरिवाना तिर्नुपरेको उनले गुनासो सुनाए ।
माल रोकीदा व्यपारीको माल विग्रने, महंगी हुने, जरिवाना तिर्नुपरेको संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले गुनासो गरे ।
विदेशदेखि एलसी खोलेर सिटिएस लागेर आएका उक्त कन्टेनरहरु नेपाल नपुग्दा तेस्रो मुलकका व्यापरी एवं सरकारहरु पनि भारतको व्यवहारप्रति वेखुस देखिएको भैरहवा भन्सार एजेन्ट संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए ।
थाईल्याण्डबाट तोरी लिएर सिमानाकामा आएको कन्टेनर ५ दिनदेखि रोकिएको एक भन्सार किलिएरिङ एजेन्टले बताए ।
विदेशबाट आएको बन्दरगाहबाट सिटिएसको सिल्ड लागीसकेपछि वीचमा भारतीय अधिकारीहरुले खोल्न र कन्टेनर रोक्न नपाउने अन्तर्राष्ट्रिय कडा नियम छ ।
नेपाल–भारत मैत्री संघ रुपन्देही अध्यक्ष एवम् भन्सार एजेन्ट संघ बेलहिया भैरहवाका पूर्वअध्यक्ष डा. शान्तकुमार शर्माले भने ।
भारतले किन यसरी रोकेको हो ? हामी चकित भएका छौं । यसरी रोक्न पाइँदैन, माल छोड नत्र नाकावन्दीको घोषणा गर । पारि भारतीय कस्टमका अधिकारी, प्रहरी र एसएसवीसँग आज बेसरी कराएर आएको उनले बताए ।
भुपरिवेष्ठित मुलुकलाई अन्तर्राष्ट्रिय नियम कानुन विपरित नाकाबन्दी लगाउन नपाइने नियम छ ।
अर्कोतर्फ डब्लुटिओको सदस्य राष्ट्र भारत र नेपाल दुबै समान हुन् । पारबहान तथा साप्टा सन्धी एवम् सम्झौता र अर्कोतर्फ छिमेकी देशले नैतिकरुपमा पनि नाकाबन्दी गर्न मिल्दैन । तर यी सबै नियम समझदारी कानुन मिचेर मालसामान रोक्ने काम भएको देखिएको भंरहवा भन्सार कार्यालयका एक अधिकारीले बताए ।
तर, भारतीय अधिकारीहरुले कन्टेनर एबम् मालबाहक सवारी साधन तथा पेट्रोलियम पदार्थ एवम् ग्यासका बुलेटहरु रोकेकोप्रति चौतर्फी विरोध शुरु भएको छ ।
विदेशको माल भारतको बाटोमात्रै प्रयोग गर्न पाइने पारवहान सन्धिमा दुवै देशले सहमति गरेको छ । अर्कोतर्फ यूएनको भियना कन्भेन्सनले भूपरिवेष्ठित मुलुकले पनि समुद्रको प्रयोगमा सामान अधिकार पाउने नियम संयुक्त राष्ट्रसंघको महासभाले सर्वसहमतिले पास गरेको कुरा हो ।
नेपालले एटम बम बनाएको होइन, संविधान बनाएको कुरालाई लिएर नाकाबन्दी लगाउनु राम्रो नभएको एकथरी भारतीयहरुको भनाइ रहेको छ । माल रोकिएको प्रति सिमावर्ती भारतीय जनता एवम् व्यापारीहरु पनि खुशी देखिएका छैनन् ।
 सिमावर्ती भारतीय अधिकारीहरुले सुरक्षाको बहाना बनाई  अनावश्यकरुपमा माल चेकजाँचमा कडाई गरी दिनभरीमा पाँच सातवटा केरा र स्याउका साना गाडीहरुमै छोड्ने गरेका छन् ।
भैरहवा भन्सार कार्यालयका प्रमुख लावण्य कुमार ढकालले हिजो अस्ती १० देखि १३ वटा गाडी छोडेकामा आज दिनभरीमा एउटा पनि गाडी नछोडेको बताए ।
यसैवीचमा मधेसी मोर्चाका पाँच दर्जन कार्यकर्ताहरु आइतबार सिमानाका सुनौलीको १० गजामा एक घण्टा धर्नामा बसेका थिए । 
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment