|
अनसन स्थगित गर्दै डा केसीले भने- मेरो अनशनभन्दा राष्ट्रले भोगिरहेको कठिनाइ र पीडा कैयौं गुणा ठूलो
विगत ११ दिनदेखि नेपालको चिकित्सा शिक्षासम्बन्धी विभिन्न माग राखी अनसनमा बसेका वित्रि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले मंगलबार आफ्नो अनसन स्थगित गरेका छन्।
आफ्नो मागभन्दा देशलाई परेको अहिलेको समस्या ठूलो भएको भन्दै आफ्ना शुभेच्छुक चिकित्सक तथा स्वास्थ्य
क्षेत्रका व्यक्तिहरुले अनुरोध गरेको र आफूले पनि देशको समस्या समाधानलाई नै प्राथमिकता दिनु पर्ने महशुस गरेर अनसन स्थगित गरेको डा. केसीले बताए।
‘देशको अत्यन्तै विषम परिस्थिति र देशभरिका शुभेच्छुकहरुको चाहनालाई ध्यानमा राख्दै सातौं पटकको अनशन मैले हाललाई स्थगित गर्ने निर्णय गरेको छु। अहिलेको मेरो अनशनभन्दा राष्ट्रले भोगिरहेको कठिनाइ र पीडा कैयौं गुणा ठूलो भएको मैले महसुस गरेको छु। मेरो आन्दोलनबाट मुलुक र जनतालाई थप कठिनाइ नहोस् भन्ने तर्फ म सचेत छु,’केसीले भने,‘तर यस पटकको अनशनसँग सम्बन्धित मागहरु यथावत् छन् र ती मागहरु सम्बोधन नभएको खण्डमा मेरो आन्दोलन जारी रहने छ।’
उनले शुरुदेखि नै आफूले उठाएका मागहरुलाई साथ दिने सम्पूर्ण नेपालीहरुप्रति आभार प्रकट गरेका छन्। उनले भविष्यमा पनि सबैको साथ र सहयोग गर्न आग्रह गरेका छन्।

0 comments:
Post a Comment