|
असोज १० – विश्वका सबै ठाउँ र विषवस्तुको उत्तर भएको गुगलका बारेमा तपाईंलाई कतिको थाहा छ ? यो कहिले जन्मियो ? सुरुवात कस्तो थियो ? वा यसको नामाकरण कहिलो भयो ? सबैलाई सबै विषयको जानकारी एक क्लिकमै दिने गुगलले आइतबार १७ औं जन्मदीन मनाउँदै छ ।
गुगलले आइतबार स्थापनाको १७ औं वर्ष पुरा गरेर १८ औं वर्षमा प्रवेश गरेको छ । सन् १९९५ मा गुगलका संस्थापक लारी पेज र सर्गेई ब्रिनले नयाँ इन्टरनेट सर्चइन्जिन बनाउने बरे छलफल सुरु गरे । सन् १९९६ को जनवरीमा उनीहरुले ब्याकरबको नामबाट सर्चइन्जिनको सुरुवात गरे । केही समयपछि नाम परिवर्तन गरेर गुगल राखियो । सन् १९९७ मा www.google.com वेव डोमेन
रजिस्टर भयो । तर सन् १९९८ को सेप्टेम्बर ७ बाट मात्रै यसको औपचारिक सुरुवात भएको हो । गुगलको जन्म दिवस वर्षका विभिन्न दिन मनाउने गरीयो । तर पछिल्लो समय हरेक वर्ष सेप्टेम्बर २७ मा गुगलले आफ्नो जन्म दिवस मनाउने गरेको छ ।
|
0 comments:
Post a Comment