|
घैँटे र चरी दुवैको सम्पत्तिको स्रोतबारे थप छानबिन हुनुपर्ने भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सीआईबीले अनुसन्धानको फाइल पाँच वर्षअघि नै बुझाएको थियो ।
- मनबहादुर बस्नेत
आश्विन ५, २०७२- एक वर्षभित्र राजधानीमा आपराधिक क्षेत्रमा सक्रिय दुई चर्चित डन मारिए, दिनेश अधिकारी ‘चरी’ र कुमार श्रेष्ठ ‘घैँटे’ । संयोग कस्तो भने अपराधकर्मबाट अकुत सम्पत्ति जोडेका भनिएका दुवै डनको मरण भने सामान्य दुईपांग्रे सवारी साधनमा चढेकै अवस्थामा भयो । जबकि, घैँटे मर्सिडिज कार चढ्थे भने चरीको निजी सवारी साधन भक्सवागनको टिगुवान थियो ।
मतलब, दुवै डनले मृत्युपर्यन्त विलासी जीवन जिए । सामान्य पारिवारिक पृष्ठभूमिबाट अपराधको दुनियाँमा उदाएका उनीहरू हेर्दाहेर्दै सम्भ्रान्त जीवनशैली अपनाउने भए । यही अपत्यारिलो तथ्यका पछि लागेर अनुसन्धान गर्दै जाँदा प्रहरीले यी दिवंगत डनको सम्पत्ति ३८ करोड रुपियाँको हाराहारीमा रहेको पत्ता लगाएको छ । रहस्यमय र रोचक त के भने एउटा अपवादबाहेक कुनै चल–अचल सम्पत्ति पनि घैँटे र चरीका नाममा भेटिएको छैन, अरूकै नाममा राखेको पाइएको छ ।
चरीले धादिङबाट उपत्यका छिरेको एक दशकमै १० करोड रुपियाँभन्दा बढीको सम्पत्ति जोडे भने सामाखुसीको विपन्न परिवारमा हुर्किएका घैँटेले डेढ दशकमा करिब २५ करोड रुपियाँ आर्जन गरे । पैसा कमाउने शैली भने दुवैको एउटै थियो– अपहरण, जबरजस्ती असुली र फिरौती ।
दुवैले हाउजिङ व्यवसायी, ठेकेदार, रेस्टुराँ व्यवसायीबाट असुली गर्थे ।
कतिपय व्यवसायीबाट जबरजस्ती सेयर आफ्नो विश्वासी सहयोगीका नाममा समेत ल्याउँथे । “बन्दुक तेस्र्याएर पैसा मागेपछि नदिएर के गर्ने ? ज्यानभन्दा ठूलो केही नहुने रहेछ,” घैँटेबाट पीडित एउटा निजी एयरलाइन्स कम्पनीका सञ्चालक आफ्नो नाम नछापिदिने आग्रह गर्दै भन्छन् । ३ भदौमा घैँटे मारिएसँगै प्रहरीको महानगरीय प्रहरी अपराध महाशाखाले उनको सम्पत्तिको जालो केलाउन थालेको छ ।
अवैध आर्जनलाई प्राय: डनहरूले आफ्नो नजिकको साथी वा विश्वासपात्रमार्फत लगानी गर्ने रहेछन् । यही शैलीमा घैँटे र चरी दुवैले कम्तीमा ३५ करोड रुपियाँ बराबरको सम्पत्ति जोडेको प्रहरीको आकलन छ । घरजग्गा, रेस्टुराँ, निर्माण सेवा, म्यानपावर क्षेत्रमा घैँटेको लगानी भेटिएको छ । घैँटेले भक्तपुर, छालिङका राजेश कार्कीको नामबाट रेस्टुराँ, ट्राभल एजेन्सी र म्यानपावरमा लगानी गरेका छन् ।
प्रहरीले अहिले कार्कीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । लाजिम्पाटको दी लास्ट फ्राइडे बार एन्ड ग्रिल, सामाखुसीस्थित रोयल वर्कफोर्स रिक्रुटिङ र पानीपोखरीको गिल्ट ट्राभल्स एन्ड टुर्स घैँटेको लगानीमा राजेशले सञ्चालन गर्छन् । कम्पनी रजिस्ट्रार कार्यालयको अभिलेखमा कार्की संलग्न रहेका यी तीनवटा कम्पनीमा साढे दुई करोड रुपियाँ लगानी छ । लास्ट फ्राइडे र रोयलमा एक/एक करोड तथा गिल्टमा ५० लाख रुपियाँ लगानी छ । “अरू लगानीबारे उसले केही बताएको छैन,” महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल भन्छन्, “तर, उसले जग्गामा समेत लगानी गरेको क्लु हामीले फेला पारेका छौँ ।”
प्रहरी बयानमा भने कार्कीले लास्ट फ्राइडेमा मात्रै घैँटेको लगानी भएको स्वीकारेका छन् । “उसले नस्वीकारे पनि घैँटेको व्यापारिक साझेदार कार्की हुन् भन्ने प्रमाण हामी जुटाइरहेका छौँ,” महाशाखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेश थापा भन्छन्, “विभिन्न ठाउँबाट कागजातहरू झिकाएर अनुसन्धान गरिरहेका छौँ ।”
कार्कीकी श्रीमतीका नाममा काठमाडौँ नारायणस्थानमा रहेको आठ आना जग्गाको खास लगानीकर्ता पनि घैँटे नै रहेको प्रहरीको अनुसन्धानको निष्कर्ष छ । त्यो जग्गा अहिलेको चल्ती भाउमा करिब १ करोड ६० लाख रुपियाँ पर्छ । त्यसै गरी ललितपुरको टीकाथलीमा कार्कीसँगै मिलेर घैँटेले पाँच रोपनी जग्गामा लगानी गरेका छन् । आनाको १२ लाखका दरले यसको करिब १० करोड रुपियाँ हुन आउँछ ।
सामाखुसी, कपुरधाराकै शान्तरत्न महर्जनका नाममा समेत घैँटेले सम्पत्ति लुकाएको प्रहरीले भेटेको छ ।
घैँटेको बाल्यकालदेखिका साथी महर्जन प्रशस्त पुख्र्यौली सम्पत्ति भएका व्यक्ति हुन् । त्यही कारण अरूले सहजै शंका नगरून् भनेर महर्जनका नाममा गोंगबु नयाँ बसपार्कछेउको दुई रोपनी जग्गा लुकाएको प्रहरीको भनाइ छ । उक्त जग्गा दुई महिनाअघि मात्रै महर्जनका नाममा नामसारी भएको थियो, जसको चलनचल्तीको मूल्य प्रतिआना २० लाख हो र यो दरले कुल जग्गाको करिब सात करोड रुपियाँ हुन आउँछ । घरजग्गा व्यवसायी मच्चाकाजी महर्जनले सामाखुसीमा प्लटिङ गरेको साढे दुई करोड रुपियाँ पर्ने एक रोपनी जग्गासमेत घैँटेले जबरजस्ती लिएका रहेछन् । यो जग्गाचाहिँ कसका नाममा राखिएको छ भन्ने अझै पत्ता लागेको छैन ।
यसबाहेक घैँटेले कपन, नीलोपुलमा श्री अधिकारी भन्ने व्यक्तिमार्फत कवाडी व्यवसायमा समेत हात हालेका रहेछन्, जहाँ उनको करिब ४० लाख रुपियाँ लगानी छ । घैँटेले हङकङ र मलेसियाका रेस्टुराँ तथा डान्स बारमा समेत लगानी गरेको प्रहरी स्रोत बताउँछ । कार्कीकै सहयोगमा घैँटे हुन्डी व्यवसायमा पनि सक्रिय थिए । काठमाडौँ जिल्ला विकास समितिले कर उठाउने ढाटको टेन्डरमा एक महिनाअघि घैँटेको एक करोड रुपियाँ लगानी परेको सूचना प्रहरीकहाँ पुगेको छ । यसमा चाहिँ कोमार्फत लगानी भयो भन्ने प्रहरीले छानबिन गरिरहेको छ ।
६ वर्षअघि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले गरेको अनुसन्धानमा घैँटेको स्रोत नखुलेको १० करोड रुपियाँभन्दा बढीको सम्पत्ति रहेको खुलेको थियो । अनुसन्धानमा घैँटेको कपुरधारामा सात आनामा बनेको बंगला, व्यापारिक क्षेत्र असनमा दुई आना जग्गा रहेको पत्तो लागेको थियो । त्यतिबेला उनी सिंगापुरबाट फोटोकपी मेसिनको व्यापारसमेत गर्थे । त्यही भएर होला, स्ट्यान्डर्ड चार्टर्ड बैंकको खातामा घैँटेको चार लाख रुपियाँ भेटिएको थियो ।
०५५ देखि अपराधको दुनियाँमा पसेर पाँच वर्षमै कुख्यात बनेका घैँटेले राजनीतिक संरक्षण पनि पाएका थिए । डनगिरीमा छिरेपछि उनको नाम नुवाकोट कांग्रेसको केसी परिवारसँग जोडियो । त्यो राजनीतिक सम्बन्धपछि व्यापारिक साझेदारीसम्म पुग्यो । नुवाकोट कांग्रेसका सभापति एवं समानुपातिक तर्फका सभासद् जगदीशनरसिंह केसीकी श्रीमती ज्योति केसी खड्काको लगानी रहेको गजुरमुखी निर्माण कम्पनीमा घैँटे पनि सहयात्री बने ।
यो बेग्लै कुरा हो कि कानुनी तवरमा घैँटेको उपस्थिति कहीँ देखिँदैन । गजुरमुखीको सेयरधनीमा कहीँकतै घैँटेको नाम छैन । तीन करोड रुपियाँ अधिकृत पुँजी भएको यो कम्पनीमा ज्योतिको सेयर ४ हजार ५ सय कित्ता छ । घैँटेको सेयर भने शान्तरत्न महर्जन, दीपक गौतम, सन्तोष गौतममार्फत रहेको प्रहरीको दाबी छ । जगदीशनरसिंहले भने गजुरमुखीमा घैँटेको लगानी रहेको घुमाउरो ढंगले स्वीकारेका थिए, प्रहरी इन्काउन्टरमा उनको मृत्युलगत्तैको एउटा टेलिभिजन अन्तर्वार्तामा । न्युज २४ टेलिभिजनलाई दिएको अन्तर्वार्तामा केसीले भनेका छन्, “एउटा व्यवसाय गरेर बस् । यस्ता अपराध गर्नुहुन्न भनेर म आफैँले उसलाई यो बाटो लगिदिएको हुँ । यस्तो नगर, हामीले सेफ गर्ने भन्ने हुँदैन । अबको समाजमा गुन्डागर्दी गरेर अराजकता फैलाउन हुँदैन ।
काम गरेर खा भनेर बाटोचाहिँ देखाइदिएको हो ।” साथै, चार वर्षदेखि नै घैँटे गजुरमुखीमा आबद्ध रहेको समेत केसीले बताएका थिए । ‘क’ वर्गको यो निर्माण कम्पनीले देशका ठूला निर्माण आयोजनामा ठेक्का पार्दै आएको छ । वाग्मती करिडोर निर्माण, गोंगबु–गल्कोपाखा, कालीमाटी–कीर्तिपुर सडक कालोपत्रे, जनकपुर–बर्दिवास रेलवे निर्माणको ठेक्का गजुरमुखीले पाएको छ । ठूला सिँचाइ आयोजनाहरूको निर्माण ठेक्कासमेत यसैले पाएको ०७०/७१ को कम्पनी आफ्नै लेखा परीक्षण प्रतिवेदनले पनि देखाउँछ ।
बबई सिँचाइ आयोजना, ग्रामीण पहुँच सुधार परियोजना अन्तर्गतको धादिङको सडक निर्माण, जुम्ला, बाग्लुङ र पोखराको सिँचाइ आयोजनाको ठेक्का गजुरमुखीले पाएको देखिन्छ । पर्यटन पूर्वाधार विकास परियोजनाको ठेक्कासमेत गजुरमुखीले नै प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ । यस्ता ठूला आयोजनाका निर्माण ठेक्का पार्न घैँटेले आफ्नो समूह प्रयोग गर्ने गरेको एसएसपी खनाल बताउँछन् । भन्छन्, “ई–बिडिङमा गएपछि समेत घैँटेले धम्क्याएर अरू ठेकेदारको टेन्डर दर्ता हुनै नदिएको पाइयो ।”
अर्का दिवंगत डन चरीको सम्पत्तिको जालो केलाउँदा १० करोड रुपियाँभन्दा बढीको भेटिएको प्रहरीको भनाइ छ । जलविद्युत् आयोजनामा मात्रै उनको करिब ६ करोड रुपियाँ लगानी रहेको प्रहरीको भनाइ छ । धादिङको आँखुखोला जलविद्युत् आयोजना र थोप्पल खोला हाइड्रो पावरमा चरीको सेयर भेटिएको छ । महाशाखामा छँदा चरीको सम्पत्तिबारे छानबिन गरेकी प्रहरी उपरीक्षक (एसपी) मीरा चौधरीका अनुसार चरीले जलविद्युत्मा अरूकै नाममा लगानी गरेको भेटिएको थियो ।
स्रोतका अनुसार एक चार्टर्ड एकाउन्टेन्टका नाममा चरीले जलविद्युत्का क्षेत्रमा लगानी गरेका छन् । कम्पनी रजिस्ट्रार कार्यालयको असार ०६९ को अभिलेखमा थोप्पल खोलामा उनको १ करोड २ लाख २७ हजार रुपियाँ लगानी देखिन्छ भने आँखुखोलामा २ करोड ८ लाख रुपियाँको सेयर छ । त्यसयता उनका नाममा झन्डै दोब्बर रकम सेयरमा लगानी भइसकेको छ । तर, कम्पनी रजिस्ट्रारको कार्यालयमा ०६९ यताको सेयर लागत अद्यावधिक गरिएको छैन । आँखुमा त चरीका नाममै समेत १० लाख रुपियाँको सेयर छ ।
कम्पनी रजिस्ट्रार कार्यालयको अभिलेखमा उनको सेयरधनी नम्बर ११८ हो । चरीसँगै क्रसर उद्योगमा साझेदारीमा काम गरेका एक व्यक्ति भन्छन्, “हरेक महिना चरीलाई ती चार्टर्ड एकाउन्टेन्टले दुई लाख रुपियाँसम्म दिन्थे, व्याजबापत मात्रै ।” यसको अर्थ चरीले ब्याजमा समेत रकम लगानी गरेका थिए । यस्तो प्रकारको आर्थिक लेनदेनको कागजात प्रहरीले पनि भेटेको छ ।
चरीले एक दर्जन ट्रिपरमा समेत लगानी गरेका थिए । औसत २५ लाख रुपियाँले यसको जम्मा मूल्य करिब साढे तीन करोड रुपियाँ हुन्छ । त्यसबाहेक ललितपुरको धापाखेलको सिभिल होम्समा एउटा घरसमेत किनेका थिए, चरीले । करिब डेढ करोड रुपियाँमा खुस्बु ओलीका नाममा उक्त घर किनिएको प्रहरीले दाबी गरे पनि खुस्बुले भने इन्कार गर्दै आएकी छन् । खुस्बु र चरीबीच विवाह गर्ने पक्कापक्की भएर ‘इन्गेजमेन्ट’ समेत भइसकेको थियो । अहिले खुस्बु उक्त घर बेचेर लन्डन जाने तयारीमा छिन् ।
चार वर्षअघि चरीले १० करोड रुपियाँको सम्पत्ति जोडेको सीआईबीको अनुसन्धानबाट देखिएको थियो ।
धादिङका बालुवा खानी र क्रसर उद्योगमा चरीको लगानी रहेको देखिएको थियो । साथै, धादिङमै एक सय रोपनीभन्दा बढी जग्गा जोडेको समेत सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख थियो ।

0 comments:
Post a Comment