|
रुपैडिहा (भारत)- ट्यांकर चालक रामबहादुर चौधरी गोन्डाबाट रुपैडिहा पुगेको पाँच दिन भयो। त्यसयता उनको बास ट्यांकरमै छ। बिहान–साँझ स्टोभमा खाना पकाएर खान्छन्। दिनरात ट्यांकरको क्याबिनमै बस्छन्। 'उता (नेपाल) कहिले जान दिने हो थाह छैन,' उनले भने, 'त्यतिन्जेल यहीँभित्रै बस्नुपर्ने भयो।' नेपालमा भारतविरुद्ध आन्दोलन चर्किरहँदा नाकाको बास डरलाग्दो भएको उनले सुनाए।
एकै दिन तेल लिएर आएका २९ मध्ये १२ ट्यांकर मात्र नेपाल प्रवेश गरेका छन्। बाँकी ट्यांकर बिनाकारण नाकामा रोकिएको उनले बताए। बिहीबारपछि आएका ट्यांकर त झन् कहिले नाका कट्ने हुन्, निश्चित छैन। चालक र सहयोगी कर्मचारी असुरक्षाबीच ट्यांकरभित्रै डेरा बस्न बाध्य छन्।
नानापारारोडस्थित केवलपुरमा बिहीबारदेखि रोकिएका मालवाहक गाडी र पेट्रोलियम ट्यांकरको लामै लस्कर देख्न सकिन्छ। चालकहरू प्रवेश अनुमतिका लागि कस्टम कार्यालय धाउँदै हैरान छन्। 'अनुमतिका लागि कस्टम कार्यालय पुग्दा एसएसबीले रोकेको छ भन्ने जवाफ आउँछ,' ना५ख ९४४ नम्बरका ट्यांकर चालक जगत बुढामगरले भने, 'एसएसबीमा गयो भने कस्टम कार्यालयमा गएर अनुमति ल्याऊ भन्छ।' भारत सरकारका यी दुई निकायले एकले अर्कोलाई देखाएर आफूलाई नाकामा रोकिइरहेको उनले बताए।
नेपाल आयल निगमको नेपालगन्जस्थित क्षेत्रीय कार्यालयका अनुसार अहिले रुपैडिहामा ६० वटा पेट्रोलियम ट्यांकर रोकिएका छन्। ती ट्यांकर जोखिमपूर्ण अवस्थामा रहेको कार्यालयप्रमुख श्रीप्रसाद श्रेष्ठले बताए। उनका अनुसार ती ट्यांकरमा ७ सय ६० किलोलिटर डिजल, पेट्रोल र हवाई–इन्धन तथा ३ सय ६० मेटि्रक टन एलपी ग्यास लोड गरिएको छ। अधिकांश ट्यांकर बिहीबारबाट रोकिएको श्रेष्ठले बताए।
नेपालमा भारतविरुद्ध आन्दोलन चर्किंदै जाँदा भारतीय सीमावर्ती सहरमा रोकिएका नेपाली चालकमा त्रास बढेको छ। रुपैडिहा बजार क्षेत्रमा अड्किएका चालकलाई स्थानीयले तर्साउन थालेको जगतले बताए। 'राति ट्यांकरनजिकै आगो बालेर गाडी जलाउनेसम्मका कुरा गर्छन्, त्रास देखाउँछन्,' उनले भने, 'त्यसैले बजारमा रहेका साथीहरू गाडीभित्र बस्न सक्नुभएको छैन।'
रोकिएकामध्ये ६ वटा डिजल ट्यांकरलाई सीमावर्ती दुई देशका स्थानीय अधिकारीको समन्वयमा एसएसबीले छोडेको छ भने बाँकी ट्यांकर छाड्न एसएसबीले नमानेको निगमको भनाइ छ। बिहीबारयता ७२ किलोलिटर डिजल मात्र भित्रिएको उनले श्रेष्ठले जानकारी दिए। 'धेरै अनुरोधपछि मुस्किलले साना ट्यांकर मात्र छाडिदियो,' उनले भने, 'हाम्रा थुप्रै गाडी जोखिमपूर्ण अवस्थामा सडकमै अलपत्र छन्।'
एसएसबीले सबैभन्दा बढी पेट्रोलियम पदार्थमा कडाइ गरेको अधिकारीहरू बताउँछन्। एसएसबीलाई भेटेर अनुरोध गर्दा माथिबाट आदेश छैन भनेर पन्छिने गरेको, एसएसबीको कडाइका कारण भारतीय भन्सारले राजस्व क्लिरेन्स गर्न नमानेको नेपाली अधिकारीको भनाइ छ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार बिहीबारयता उक्त नाकाबाट पेट्रोलियम पदार्थ बोकेका ट्यांकरसहित कुल १ सय ३७ वटा सवारीसाधन मात्र भित्रिएका छन्। बिहीबार सबैभन्दा बढी ६६ र शुक्रबार २९ सवारी साधन भित्रिएका थिए।
आइतबार १७ र सोमबार २५ सवारीसाधन भित्रिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख राजेन्द्र हमालले जानकारी दिए। यसअघि भारतबाट दैनिक भित्रिने ६० देखि ७० वटा गाडीबाट करिब एक करोड रुपैयाँ राजस्व संकलन हुने गरेकोमा अहिले मुस्किलले १० देखि १५ लाख रुपैयाँ मात्र उठ्ने गरेको उनले बताए। 'नाकाबाट गाडी प्रवेश हुन नपाएका कारण राजस्व संकलन दर घटेको हो,' उनले भने।
जमुनाहस्थित इलाका प्रहरी कार्यालयले रुपैडिहामा रहेका सवारीचालकले नेपाल प्रवेश गराउन पहलका लागि दैनिकजसो अनुरोध गर्ने गरेको जनाएको छ। इप्रका प्रमुख विष्णु गिरीले यस्तो अवस्थामा समेत एसएसबीले छोड्न आनाकानी गरिरहेको बताए। 'एसएसबीले नेपाल आउने गाडीलाई मनलागी रुपमा छोड्ने र रोक्ने गरिरहेको छ,' उनले भने, 'यसले गर्दा उता रहेका सवारी थप जोखिममा परेका छन्।'
भारतीय पेट्रोलपम्पमा पनि कडाइ
पेट्रोलियम पदार्थको अभाव बढेपछि नेपाली मोटरसाइकल चालक रुपैडिहाका पेट्रोलपम्प धाउन थालेका छन्। यद्यपि, एसएसबीले पेट्रोल सञ्चालकलाई नेपाली गाडीमा तेल नभर्न दबाब दिँदै आएको छ। केवलपुरस्थित रण पेट्रोल ट्यांकीका सञ्चालकले एसएसबीले पम्पमै आएर नेपाली नम्बरप्लेटका गाडीमा तेल नभर्न उर्दी दिएको बताए। copied nagirik

0 comments:
Post a Comment