|
म पनि रोए,
दिक्क माने, वाक्क भए
अनि के गरूँ - के नगरू भए
रोएर बसौ त अर्थ नै छैन।
नरोई बसौ त
समाधान पनि छैन।
कलिला मुहारहरुको हाँसोमा,
जिन्दगी भेट्टाएको मान्छे म
धेरैलाई गफ दिएँ,
धक्कु लडाउँदै हिँडे
जिन्दगी यस्तो,
जिन्दगी उस्तो भनि
तर जिन्दगी केहि पनि होइन भनेर
आज तीनै कलिला मुहारहरुले सम्झाएँ।
प्यारा आलियन कूर्दीस,
नबोलौ भन्दा पनि तिम्ले
बोलाएरै छाड्यौ।
नरोउ भन्दा पनि तिम्ले
रुवाएरै गयौ।
तर तिम्रो त्यो पिडा न मैले नै बुझेँ
न अरुले नै बुझे।
नमरेको भए तिमी,
खै के हुन्थ्यौ र
न म बोल्थे तिम्रा लागि .
न त यी सारा मान्छेहरु बोल्थे।
यसभन्दा अघि पनि त कुर्दिस
हाम्रै नेपाली नानी-बाबुहरु मरे
यो भन्दा पनि गार्हो अवस्थामा मरे
के फरक पर्यो र कुर्दिस
तिनका सम्झनाहरु पनि
त्यसरी नै मरे।
समाचारको मुख्य पृष्ठ
ओगट्यो तिम्रो मरणले
फेसबुकका भित्ताहरु पनि
भरियो तिम्रो मरणले।
तर के फरक पर्यो र कुर्दिस?
मात्र नयाँ राजनीतिक खेल
सुरु भयो तिम्रो मरणले
तिमी त एक पात्र न पर्यौ कूर्दिस
तिमी जस्ता कैयौ पात्रहरु मरे
तर के फरक पर्यो र कुर्दिस?
मात्र मेरो मन कूँडियो
म पनि रोए,
दिक्क माने, वाक्क भए
अनि के गरु - के नगरु भए
रोएर बसौ त अर्थ नै छैन।
नरोई बसौ त
समाधान पनि छैन।
(आलियन कुर्दिस जस्ता करोडौ बालबालिकाहरुको लागि मेरो सहृदय भावपूर्ण श्रद्धाञ्जली)
|
0 comments:
Post a Comment