आजदेखि सोह्रश्राद्ध सुरु


काठमाडौं: पितृको सम्झनामा गरिने सोह्र श्राद्ध सोमबारदेखि सुरु भएको छ । सोह्र श्राद्ध प्रत्येक वर्ष आश्विनकृष्ण प्रतिपदादेखि सुरु भई औंसीका दिन अर्थात् १६ दिनसम्म गर्ने गरिन्छ । सोह्र श्राद्धसँगै चाडपर्व सुरु हुने गर्छन्।
संस्कृतिविद् प्रा.डा. देवमणि भट्टराईले सोमबार बिहान आठ बजेसम्म औंसी रहने भएकाले त्यसभन्दापछि सुरु हुने प्रतिपदाबाट मात्रै श्राद्ध गर्न मिल्ने बताए। वाल्मीकि क्याम्पसको धर्मशास्त्र विभागका प्रमुख उनले आइतबार अन्नपूर्णसँग भने, ‘सोह्र श्राद्ध महालय श्राद्ध हो।
महान् अर्थात् ठूलो र आलय अर्थात् मिलन अर्थ लाग्ने भएकाले ठूला मानिस अर्थात् पितृहरूको मिलन हुने भएकाले यसलाई महालय श्राद्ध भनिएको हो।'
घरमा स्थान नहुनेहरूले काठमाडौंको गोकर्ण र पशुपतिनाथ, चितवनको देवघाट, नुवाकोटको वेत्रावती, जनकपुरको गंगासागरलगायत नदी र तलाउकिनारमा श्राद्ध गर्ने गर्छन्।यो श्राद्धमा मावली, घर र आफूसँग आश्रित सबैलाई पिण्डदान दिनुपर्ने हुन्छ।
संस्कृतिविद् कुलप्रसाद पराजुलीका अनुसार मानवमा देवऋण, ऋषिऋण र पितृऋण हुने भएकाले देवतालाई भावनाद्वारा तर्पण दिने, ऋषिलाई जौ र कुशसहित जलले र पितृलाई तिल, कुश र जलले पूजा गरिन्छ।
Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment