|
वैकल्पिक खेलाडीका रुपमा मैदान छिरका रोर्वट लेवन्दोस्कीले ९ मिनेटमा ५ गोल गरेर नयाँ रेर्कड बनाएका छन्।
जर्मन फुटबल लिग बुडेन्सलिगामा ब्रायन म्युनिख र वाल्फ्वर्गबीच मंगलबार भएको प्रतियोगितामा वाल्फ्वर्गलाई ५–१ गोलले हराउने क्रममा रोर्वटले ९ मिनेटमा पाँच गोल गरेका हुन्। उनले चार मिनेटमा तीन गोल गरेका थिए।
मैदान छिरेको ५ मिनेटलगत्तै उनले खेलको ५१ औं मिनेटमा एकल प्रयासमा गोल गर्दै बायर्नलाई बराबरीमा ल्याए।
खेल बराबरीमा आएपछि दबाबमा आएको वाल्फ्वर्गविरुद्ध उनले पहिलो गोल गरेको एक मिनेटमै ड्योग्लस कोस्टको पासमा र्को गोल गरे ।
उनी यतिमै रोकिएनन् । दोस्रो गोल गरेको तीन मिनेटमै अर्को गोल गर्दै उनले ह्याट्रिक पुरा गरे ।
मैदान छिरेको १० मिनेटमा ह्याट्रिक पुरा गरेका उनले खेलको ५७ औं मिनेटमा अर्को गोल थपे।
चौथो गोल गरेको तीन मिनेट नबित्दै मारियो गोट्जको पासमा खेलको ६० औं मिनेटमा पाँचौ गोल गर्दै लेवानडोस्कीले बुन्डेसलिगामा सर्वाधिक छिटो ह्याट्रिकसहित पाँच गोलको कीर्तिमान बनाए। खेलपछि प्रतिक्रिया दिँदै उनले खुसी लागेको बताए।
|
0 comments:
Post a Comment