|
काठमाडौँ १२ असोज । सिंगै देश भारतीय नाकाबन्दीविरुद्ध लागेको बेला मधेसी नेताहरुले भने भारतले नभई आफुहरुले देशमा नाकाबन्दी गरिरहेको कुरा सगर्व बताउन थालेका छन् । काठमाडौंले आफुहरुलाई अन्याय गरेकोले त्यसविरुद्ध आन्दोलन गरिरहेको उनीहरुको दाबी छ ।उनीहरु काठमाडौंविरुद्ध यसरी चर्काे रुपमा बोलिरहेका छन् कि मानौं उनीहरुको काठमाडौंसँग कुनै साइनो नै छैन ।राष्ट्रिय अस्मितामाथि धावा बोल्ने यी नेताहरुको असली रुप आगामी दिनमा झन् प्रष्टसँग देखिने नै छ ।
तर वास्तविकता भने ठिक त्यसको उल्टो छ । उनीहरुको लागि तराई भन्दा काठमाडौं निकै उर्वर छ । अहिले काठमाडौंलाई नाकाबन्दी गराउने नेताहरुको तराईमा झुपडी र थोत्रा घर मात्र बाँकी छन् । मन्त्री पदमा बस्दा भ्रष्टाचार गरेर काठमाडौंमा उनीहरुले अर्बौ सम्पत्ति जोडेका छन् । अझ केहीका त काठमाडौं ३/४ वटा समेत महल छन् । उनै मधेसी नेताहरु काठमाडौंविरुद्ध आन्दोलन गरेर भारतलाई खुशी पार्दै आएका छन् ।
अहिले आन्दोलनमा लागेका राजेन्द्र महतो, महन्त ठाकुर, उपेन्द्र यादब, हृदयेश त्रिपाठी, शरदसिंह भण्डारी, अनिल झा, बिजय गच्छेदारलगायतका नेताहरुको काठमाडौंमा करोडौं करोडको महल छ । महतोले सिनामंगलको मुख्य सडकमै ठुलो घर बनाएका छन् । जसको मूल्य पचासौं करोड पर्छ भने उपेन्द्र यादबको हात्तिवनस्थित हाउजीङभित्र सुविधा सम्पन्न महल छ ।
अलिल झाको लाजिम्पाटमा करोडौं पर्ने महल छ । बिजय गच्छेदारको सानेपमा त्यस्तै ठुलो घर छ भने शरदसिंह भण्डारीको भैंसेपाटीमा करोडौं पर्ने महल छ । त्यस्तै महन्त ठाकुर सानोठिमीस्थित घरमा बस्छन्, काठमाडौंमा उनको चार वटा घर रहेको उनी निकट स्रोत बताउँछ । त्यस्तै हृययेश त्रिपाठीको पनि भैंसेपाटीमा करोडौं पर्ने घर छ भने सयौं तोला सुन, हिराका गहना भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ । उनीहरु राजनीतिक अस्थिरताको फाइदा उठाउँदै पटक पटक मन्त्री भइसकेका मधेसी नेता हुन् । तर कसैले एक पटक पनि मधेसी जनताको लागि काम गरेनन् ।
सधैं पैसा कमाउन मात्र उनीहरु केन्द्रीत भए र काठमाडौंमा घर र गाडि जोड्न सफल भए । जसकारण तराईमा उनीहरुको जनाधर खस्कियो, गत संविधानसभा निर्वाचनमा कांग्रेस, एमाले र माओवादीले तराईमा धेरै क्षेत्रमा बिजय हासिल गरे । आफूलाई ठुलो मधेसी नेताहरुलाई मधेसी जनताले धुलो चटाइदिए । तर अहिले उनीहरु नै तीनै मधेसी जनताको नाममा आफ्नो राजनीति बचाउनका लागि देशलाई बन्धक बनाउन लागिपरेका छन् ।
आफुलाई मधेसको महाराजा ठान्ने उनीहरु मधेसी नेताहरुबाटै बहिष्कृत भएका थिए । दुई वर्ष अगाडिको संविधानसभामा राजेन्द्र महतो, उपेन्द्र यादब, महन्थ ठाकुर, हृदयेश त्रिपाठीले तराईका जिल्लामा ठुलो मत अन्तरले कांग्रेस, एमालेका उम्मेवदारसँग चुनाव हारेका थिए ।यादबले मोरङ–५ बाट, ठाकुरले सर्लाही ६ बाट, महतोले सर्लाही–४ बाट तथा त्रिपाठीले नवलपरासी ६ बाट चुनाव हारेका थिए । त्यस्तै रेणुकुमारी यादब सप्तरी ४, करिमा बेगम पर्सा–१, बबन सिंह रौतहट–१ र महेन्द्र राय यादब सर्लाही ४ बाट जितेका थिए ।
मधेसबाट कांग्रेसले ५२, एमालले ३६, एमाओवादीले १२ सिटमा बिजय हासिल गरेका थिए । जबकी मधेसी पार्टीहरुको अवस्था लज्जास्पद छ । तमलोप र लोकतान्त्रिक फोरमले ४/४, फोरम नेपाल र राप्रपाको २/२ र सद्भावना पार्टीले १ सिट मात्र जितेको थियो । यसले तराईका करिब ९० प्रतिशत जनता कांग्रे,एमाले र माओवादीसँग रहेको देखाउछ । तर यतीबेला मधेसी नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थपूर्तीका लागि सर्वसाधरणहरुलाई भाडामा प्रयोग गरेर तराई डेढ महिनादेखि अस्तव्यस्त बनाउदै आएका छन् ।
५० लाख दिने आश्वासन दिएर ४० भन्दा धेरैको ज्यान समेत लिइसकेको छन् । नयाँ संविधानको बारेमा भ्रमात्मक कुराहरु फैलाएर र पैसा बाँढेर अघि बढाएको उनीहरुको आन्दोलन पछिल्लो समय मत्थर हुँदै गएको छ । मधेसी जनताले नयाँ संविधानको वास्तविकता बुझेपछि आन्दोलन असफल भएको हो ।भारतका लागि नेपालमा राजनीति गरेको आरोप उनीहरुमाथि मधेसकै जनताले लगाउँदै आएको भए पनि तयसको पुष्टि अहिले आएर उनीहरु स्वयंले गरेका छन् ।
यो भन्दा निर्लज्जता राजनीतिमा अरु के हुनसक्छ ? बिहारका लालुप्रसाद यादवभन्दा तल झरेर उनीहरुले राजनीति गरिरहेका छन् । अब बिहारीले पनि लालुको बिहार कस्तो थियो भन्ने दृश्य हेर्न नेपाल आउनुपर्ने भएको छ । यो लालुको बेइज्जती होइन, सिंगो नेपालीको बेइज्जती हो । राष्ट्रिय अस्मितामाथि धावा बोल्ने यी नेताहरुको असली रुप आगामी दिनमा झन् प्रष्टसँग देखिने नै छ ।आजको दृष्टि साप्ताहिकमा खबर छ ।

0 comments:
Post a Comment