|
असोज १० – बार्सिलोनाका स्टार स्टाइकर लियोनल मेस्सी चोटग्रस्त भएका छन् । शनिबार राति लास पालमससँगको खेलको क्रममा मेस्सी चोटग्रस्त भएका हुन् । लास पालमससँगको खेल सुरु भएको तेस्रो मिनेटमा नै मेस्सी चोट ग्रस्त भएका हुन् ।
मेस्सीको बायाँ खुट्टाको घुँडाको लिगामेन्ट च्यातिएको छ । मेस्सीलाई लगतै अस्पताल लगिएको थियो । मेस्सीले अब सातदेखि आठ हप्तासम्म खेलमा फर्किन सक्ने छैनन् । उनले ला लिगाका आठ वटा खेल गुमाउने भएका छन् । मेस्सीले यसअघि पनि घुँडाको चोट झेल्दै आएका थिए
तर गएको झण्डै ८ वर्षमा अहिलेको चोट सबैभन्दा ठूलो भएको जनाइएको छ । मेस्सी आउँदो नोभेम्बर २२ मा हुने रियल मड्रिडसँगको खेलमा भने फिट हुने अपेक्षा गरिएको छ । मेस्सी चोटग्रस्त भएपछि बार्सिलोनाका प्रशिक्षक लुइस इन्ड्रिकले भने ‘कुनै पनि खेलाडी चोटग्रस्त हुँदा म जहिले पनि दुखी हुन्छु, अझ मेस्सी जस्तो खेलाडी चोटग्रस्त भएर मैदान बाहिर रहँदा झन बढी दुखी भएको छु ।’ तेस्रो मिनेटमा नै चोटग्रस्त भएका मेस्सीको मैदानमै सुरुवाती उपचार भएको थियो । त्यसपछि खेल्न थालेका मेस्सी १० औं मिनेट नसक्ने भएपछि मैदानबाट बाहिरिएका थिए । मेस्सीको अनुपस्थितिमा लास पालमसलाई २–१ ले हराएको बार्सिलोनाका लागि लुइस स्वारेजले दुई गोल गरे ।
– एजेन्सीको सहयोगमा

0 comments:
Post a Comment