भोलिदेखि निजी सवारीले तेल नपाउने, लोडसेडिङ घटाउन निर्देशन

आश्विन १३, २०७२- भारतको अघोषित नाकाबन्दीले उत्पन्न गरेको इन्धन अभावका कारण सरकारले भोलि बिहीबारदेखि तीन दिनसम्म निजी सावरीसाधनलाई पेट्रोलियम पदार्थ वितरण नगर्ने निर्णय गरेको छ ।

गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार निजी सवारीले तीन दिन इन्धन भर्न पाउने छैनन् । निजी सवारीका साथै स्कुल बस, ढुंगा बालुवाजस्ता सामाग्री ढुवानी गर्ने टिपर–ट्रकले पनि इन्धन पाउने छैनन् । सरकारी र सार्वजनिक तथा खाद्यान्न ढुवानी गर्ने सवारीसाधनले इन्धन पाउने छन् ।

यो निर्णय काठमाडाैं उपत्यकाका लागि मात्रै हो । जिल्लामा भने सिडिअोले नै आफ्नो अनुकुल अनुसार व्यवस्था गर्ने छन् ।

‘अभाव कम गर्न तीन दिनका लागि यो निर्णय गरिएको हो, अभाव कायम रहे अझै बढ्न सक्छ, तेल अायो भने भोलि नै यसमा पुनर्विचार गर्न सकिनेछ’ ढकालले भने । आज गृह मन्त्रालय र आपुर्ति मन्त्रालयका प्रतिनिधि, अायन निगम तथा सुरक्षा निकायका बीच भएको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले यसअघि अभाव कम गर्न कोटा प्रणाली लागु गरेको थियो ।

लोडसेडिङ घटाउन निर्देशन

बैठकले विद्युत प्राधिकरणलाई सक्दो लोडसेडिङ घटाउन पनि निर्देशन दिएको छ । अस्पतालमा लोडसेडिङ नगर्न र सर्वसाधारणले उपयोग गर्ने विद्युत अापुर्ति बढाउन बैठकले निर्देशन दिएको हो ।

Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment