|
copied आश्विन १२, २०७२- आज विश्व मुटु दिवस । २९ सेप्टेम्बरलाई सन् १९९९ मा विश्व मुटु महासंघ र विश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा विश्व मुटु दिवसको रुपमा मनाउने निर्णय गरेका थिए । त्यसपछि हरेक वर्ष विश्वका प्राय सबै राष्ट्रहरुमा विभिन्न कार्यक्रम गरेर यसलाई मनाउने गरिएको छ । यसको मुख्य उद्देश्य मुटुरोग सम्बन्धी चेतना अभिवृद्घि गराउनु र यसबाट हुने समस्याहरु न्यूनीकरण गर्नु हो । आम सञ्चार माध्यमहरुमा स्वस्थ्य मुटुका लागि चेतनामूलक लेख तथा रचनाहरु प्रकाशन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा लविङ गर्ने तथा जानकारी गराउने कार्य यसै दिनमा विशेष महत्वका साथ गरिन्छ । मुटुरोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सञ्चालन मुटुरोग विशेषज्ञहरुको विभिन्न तहमा छलफल, गोष्ठी तथा सेमिनारहरु सञ्चालन लगायत नयाँ रणनितीहरु तय गर्ने कार्यहरु पनि यसै समयमा प्राथमिकतामा पर्दछन् ।
यस वर्षको विश्व मुटु दिवसको नारा हो ‘स्वस्थ्य मुटुको लागि उपयुक्त वातावरण’ । नियमित घरमा बसिने, अफिसमा काम गर्ने वा खेल्ने ठाउँहरु जहाँ सुकै रहेको अवस्थामा पनि मुटुरोगको जोखिम कम हुनुपर्दछ । यस्तो वातावरण बनाउन सकेमा पछि गएर मुटुरोगको कारणले गर्दा हुने मृत्युको दर निकै कम हुने विभिन्न अध्ययनहरुले देखाएको छन् । वर्तमान समयमा व्यक्तिगत जीवनशैली तथा खानपानको कारणले मुटुरोगको बढि जोखिम हुने सचेतना बढ्दै गए पनि वातावरणीय सन्र्दभलाई पनि उत्तिकै महत्व दिनुपर्ने देखिन्छ । हरेक व्यक्ति जुन ठाउँमा रहँदा पनि मुटु रोगको जोखिम कम हुने खालको वातावरण हुनु व्यक्तिको नैसर्गिक आवश्यकता हो ।
हाम्रो धेरै समय घरमै बित्ने हुनाले घरको वातावरण अत्यन्त महत्वपूर्ण हुन्छ । घरमा स्वस्थ्य तथा ताजा खानेकुरा खाने, बजारको तयारी खानाको सेवन कम, कार्यलय, विद्यालय तथा अन्य कार्यका लागि घर बाहिर जाँदा घरबाटै खाना बनाएर लाने गर्दा राम्रो हुन्छ । नुन, चिल्लो तथा मसला कम भएको खाना तथा फलफुल एवं तरकारी बढी खानाले मुटुरोगको जोखिम घटाउँछ । घरमा वयस्कहरुले धुमपान नगर्दा आफू तथा बालबालिकालाई प्रत्यक्ष फाइदा हुन्छ । यसो गर्दा बालबालिकाहरुले भविष्यमा पनि धुमपान गर्ने सम्भावना कम रहन्छ । दिनमा २ घण्टाभन्दा बढि टेलिभिजन नर्हेने, घण्टौसम्म शारीरिक रुपमा निष्कृय रहि फेसबुक तथा अन्य सामाजिक संजालमा नभुल्ने, करेसाबारी तथा बगैंचामा काम गर्ने, आफ्नो काम सम्भव भएसम्म आफैले गर्ने, घरको कामको लागि सहयोगि नराख्ने, नियमित शारीरिक व्यायाम तथा योग आशनहरु गर्ने गर्नुपर्दछ । यसरी घरमा रहँदा शारीरिक रुपमा सकृय भइरहने गरेमा मुटुलाई फाइदा हुनुको साथै जोखिमहरुबाट समेत बच्न सकिन्छ ।
परिवारमा आफु र परिवारका सदस्यहरुको आवश्यकता अनुसार रक्तचाप नपाउने, रगतमा सुगर तथा कोलस्टोरको मात्राको जाँच गर्ने एवं शरिरको वजन नाप्ने गर्नुपर्दछ । केहि खराबी देखिएमा चिकित्सकको सल्लाह लिनुपर्दछ ।
घरमा जस्तै अफिस, कार्यलय तथा विद्यालयमा रहँदा समेत वातावरणलाई मुटु मैत्री बनाउनु पर्दछ । आफुले चुरोट नखाने, तथा अफिस, कार्यलय तथा विद्यालय जस्ता सार्वजनिक ठाउँहरुमा धुम्रपान निषेध गर्नु पर्दछ । यस्तै कार्यलय जाँदा मिलेसम्म हिँडेरै जाने वा सार्वजनिक यातायातमा हिँड्दा गन्तव्य भन्दा अली अगाडि ओर्लिएर हिँड्ने, साइकलको प्रयोग गर्ने, लिफ्टको प्रयोग सकेसम्म नगर्ने तथा दिउँसको खाजा घरबाट नै लाने र खाने बेलामा काम पूर्णतया रोक्ने, लगातार टेबलमा बसेर काम गरिरहन पर्नेले प्रति घण्टामा ५ मिनेट जति काम रोकि हिड्डुल गर्ने, फोनमा उठेर कुरा गर्ने बानी बसाल्ने, उचित समयमा कार्यलय पुग्ने ताकि योजनावद्ध तरिकाले तनाव कम हुने गरी काम गर्नुपर्दछ । काम गर्ने समयमा व्यक्ति स्वस्थ तथा तनावरहित रहँदा कामको उत्पादकत्व पनि बढ्ने हुनाले कार्यकारी निकायले सो अनुरुप वातावरण मिलाउनु पर्दछ ।
विश्व स्वास्थ्य संगठनको अनुसार ५ देखि १७ वर्षका बच्चाहरुले दिनमा करीब १ घण्टा घर बाहिर अलि बढि शारिरीक परिश्रम गर्ने, खेल्ने वा केहि गतिविधि गर्नु मुटुको लागि राम्रो हुन्छ । खेल्ने बाहेक हिँड्ने, पौडि खेल्ने, साइकल चलाउने, नाच्ने, बगैंचामा काम गर्ने जस्ता आफुलाई मिल्ने केहि गर्न सकिन्छ । वयस्क व्यक्तिले दिनमा न्युनतम आधा घण्टा शारीरिक व्यायम वा गतिविधि गर्नुपर्दछ । पुरा समय गर्न नमिले पनि जति समय मिल्छ त्यति व्यायम गर्नु फाइदा जनक हुन्छ । व्यायम गर्दा तनाव रहित भएर मन चङ्गा बनाई स्वच्छ हावा आउने ठाउँमा गर्नुपर्दछ ।
विश्वमा हुने मृत्युको मुख्य कारण मुटु रोग हो र करिब ४० प्रतिशित मानिसको मृत्यु यसैले गर्दा भइरहेको छ । विकसित देशहरुमा यसको प्रकोप धेरै नै भयावह छ र नेपाल लगायतका विकासलोन्मुख देशहरुमा पनि यसको जोखिम बढेको छ । खाने शैलीमा परिवर्तन, चुरोट, खैनी सेवन, बढ्दो मोटोपना तथा शारिरीक व्यायमको कमी एवम् बढि तनाव तथा अस्वस्थ वातावरणले गर्दा नेपालमा मुटुरोगको प्रकोप बढेर गएको छ । घरमा, कार्यलय तथा खेल्ने समयमा अवलम्बन गरिनुपर्ने सामान्य आचरणहरुले मुटु रोगको सम्भावना घटेर जान्छ ।
(लेखक निजामती कर्मचारी अस्पतालका मुटु रोग विशेषज्ञ हुन् ।) aa

0 comments:
Post a Comment