धर्मपुत्रपुत्रीमाथिको रोक खुल्यो


आश्विन १०, २०७२- वैशाख १२ गतेको विनाशकारी भूकम्पपश्चात रोक लगाइएको धर्मपुत्रपुत्री लिन र लैजान पाउने प्रक्रिया खुलेको छ। महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले भूकम्पमा परेर बाबुआमा गुमाएका बालबालिकालाई धर्मपुत्रपुत्रीका रूपमा ओसारपसार गर्दा उनीहरूको तस्करी र बेचबिखन हुन सक्ने भन्दै एक जिल्लाबाट अर्को जिल्ला वा विदेशमा पठाउनबाट रोक लगाएको थियो।

अन्तर्देशीय धर्मपुत्रपुत्री व्यवस्थापन विकास समितिले वैशाख १२ गते देखि लगाइएको रोक खुलाएको हो। समितिका अध्यक्ष महेन्द्रप्रसाद श्रेष्ठले प्रक्रिया खुला भएको जानकारी दिए।

रोक खुलेपछि विभिन्न ४ मुलुकका व्यक्तिले धर्मपुत्रपुत्री आफूहरूले लैजान दिन प्रक्रिया अघि बढाएका छन्। मन्त्रालयका अनुसार अमेरिका, अस्ट्ेरलिया, सिंगापुर र स्लोभेनियाका ९ व्यक्तिले नेपालबाट धर्मपुत्रपुत्री लैजानका लागि निवेदन दिएका छन्। समितिका अध्यक्ष श्रेष्ठले उनीहरूको प्रक्रिया भइरहेको जानकारी दिए। यसरी धर्मपुत्रपुत्री भएर जाने र लैजानेको विवरण गोप्य राखिने गरिएको छ। ‘को बच्चा लगिंदैछ भन्ने विवरण थाहा हुन नदिन यस्तो व्यवस्था गरिएको हो,’ श्रेष्ठले भने ‘उनीहरूलाई अनाथ बालबालिका राखेको बालगृह भ्रमणमा समेत रोक लगाइन्छ।’ उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका विभिन्न १५ वटा बालगृहबाट मात्र बालबालिका धर्मपुत्रपुत्री बनाएर पठाउने अनुमति दिइएको छ।

धर्मपुत्रपुत्री नेपालबाट २०३३ सालदेखि लैजान थालिएको पाइएको छ। बाबुआमा दुवै गुमाएका १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई धर्मपुत्रपुत्री बनाएर लैजाने गरिन्छ। आन्तरिक रूपमा पनि प्रक्रिया पूरा गरेर मात्र बालबालिका धर्मपुत्र वा पुत्रीका रूपमा लैजान पाइनेछ। व्यवस्थाअनुसार बच्चा लैजाने देशका नागरिकको सम्पूर्ण विवरण आवश्यक पर्छ। स्वास्थ्यस्थिति, मासिक आम्दानी, घर, आपराधिक पृष्ठभूमि, मानसिक स्थितिलगायत विवरण प्रमाणित गराउनुपर्ने व्यवस्था गरिएको छ। यस्तै पुरुषले मात्र धर्मपुत्रपुत्री लैजान नपाउने व्यवस्था छ। धर्मपुत्रपुत्री बनाएर लैजान चाहने महिलाको उमेर ३५ वर्ष नाघेको हुनुपर्छ। विवाहित दम्पतीले लैजान खोजेको भए विवाह गरेको चार वर्ष पूरा भएको प्रमाण पेस गर्नुपर्ने व्यवस्था राखिएको छ।

पछिल्लो पाँच आर्थिक वर्षमा झन्डै ४ सयको हाराहारीमा बालबालिकालाई धर्मपुत्रपुत्री बनाएर आन्तरिक र बाह्य मुलुकमा पठाइएको मन्त्रालयले जनाएको छ। तथ्यांकअनुसार आर्थिक वर्ष २०६६/०६७ देखि आर्थिक वर्ष २०७१/०७२ मा ३ सय ८१ बालबालिकालाई धर्मपुत्रपुत्री बनाएर लगिएको छ।

Share on Google Plus

About noman

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment