|
काठमाडौं- आरध्यदेव पशुपतिनाथ मन्दिरमा बिहीबार बिहान नाकाबन्दीलाई लिएर क्षमा पूजा गरिएको छ। नाकाबन्दीको मानवीय असर बढ्दै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा सांकेतिक र व्यंग्यात्मक शैलीमा पशुपतिनाथमा क्षमा पूजा गरिएको हो।
नाकाबन्दी गरेर नेपाल र नेपालीलाई दुःख दिएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पापमोचनका लागि पूजा आयोजना गरिएको आयोजकहरुले बताएका छन्।
क्षमा पूजामा कलाकारहरु हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, मनोज गजुरेल, पूर्व मुख्य सचिव लीलामणि पौडेल, पत्रकार कनकमणि दीक्षितलगायत नागरिक समाजका अगुवा तथा सयौं सर्वसाधारणले भाग लिएका छन्।
Source: nagariknews
|
0 comments:
Post a Comment